Comments Add Comment

बाँकेमा दुईजना काेरोना संक्रमितको मृत्यु

२७ पुस, काठमाडौं । बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबार दिउँसो १२ः१० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि १९ पुसमा भेरी अस्पतालको आईसीयू कक्षमा उनी भर्ना भएका थिए । पुस २१ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो ।

सुर्खेतका ५५ वर्षीय पुरुषको सोमबार बिहान सात बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment