Comments Add Comment

जाडोको पेय : स्वादिलो दुध र सख्खर

दुध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ । यसरी सख्खर मिसाइएको दुधमा धिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी हुन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ । तातो दुधसँग सख्खर खानु धेरै हिसाबले फाइदाजनक छ ।

सख्खर खाँदा जोर्नीको दुखाईमा राहत प्राप्त हुन्छ । यसका लागि सख्खरको एउटा सानो टुक्रा काँचो बेसारसँग मिलाएर खानुपर्छ र साथमा तातो दुध पिउनुपर्छ ।  जाडोमा रुघा–खोकी सामान्य कुरा हो । यस्तोमा सख्खर–दूधको सेवन अत्यन्त फाइदाजनक हुन्छ । डाक्टर तथा पोषणविदहरु धेरै गुलियो नखान सुझाव दिन्छन् । तर सख्खरको गुलियोले भने स्वास्थ्यलाई निकै फाइदा गर्ने उनीहरुको भनाई छ ।

चिसो मौसममा दमका बिरामीहरुले धेरै दुख भोग्नुपर्छ । हावामा अक्सिजनको कमी र बढ्दो प्रदूषणले खोकी र कफ हुने भएकाले सास लिन कठिनाई हुन्छ । यस्तोमा शरीरलाई न्यानो राख्नका लािग तथा कफलाई बाहिर निकाल्न दैनिक दूधमा सख्खर मिलाएर पिउने गरौं ।  दुध र सख्खरको सेवन गर्दा रगत सफा हुन्छ । यसलाई पिउँदा शरीरमा रगतको कमि र थकान रहँदैन ।

अन्य लाभ

महिलालाई हरेकपटकको महिनावारीमा हुने पीडाबाट छुट्कारा पाउनका लागि तातो दुधसँग सख्खरको सेवन गर्नुपर्छ । यसका लागि महिनावारी सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक एक चम्चा सख्खरको सेवन गरौं ।

निद्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक गिलास तातो दुधमा सख्खर मिलाएर पिउने गर्नुपर्छ । यसबाट चाँडै निद्रा लाग्नुका साथै शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।

तातो दुध र सख्खरको सेवनले छाला मुलायम हुन्छ र छालाासम्वन्धी समस्याहरु पनि हट्छन् । कपाल पनि बलियो र चमकदार हुन्छ । कब्जियतको समस्या भएका व्यक्तिहरुले दुधमा सख्खर मिलाएर खानु रामवाण जस्तै हुन्छ । यसले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

गर्भवती महिलालाई डेलिभरीपछि हुन थकावट र कमजोरी भगाउनका लागि दुधमा सख्खर मिलाएर पिउने सल्लाह दिइन्छ । यसबाट आमाको दुध पनि बढ्छ र यसले शरीरलाई न्यानो पनि राख्छ ।

दुध र सख्खर दुवैमा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ । यसले हड्डीहरुको रोग जस्तै स्टियोपोरोसिस वा उमेरसँगै हुने जोर्नीको दुखाई आदिबाट सुरक्षित राख्छ । त्यसैले हरेक दिन सख्खरको सानो टुक्रा अदूवासँग मिलाएर खानुपर्छ र तातो पानी पिउनुपर्छ । सख्खर र दुधमा रहेका कैयन् मिनरल्स आइरन र क्याल्सियमले मांशपेशिहरु र जोर्नीलाई बलियो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment