
२७ पुस, सुर्खेत । दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन् । दुल्लु नगरपालिका–१, तल्लोडुङ्गेश्वरमा करिब ५० वर्षीय गंगाबहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।
प्रहरी निरीक्षक सुनारका अनुसार मृतक चालक वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी हुन् । दुल्लुबाट सामान लिएर आउने क्रममा आइतबार राति आफैंले चलाएको ट्रकमा उनी सुतेका थिए ।
सोमबार बिहान अबेरसम्म नउठेपछि गाडीको सिसा फोडेर हेर्दा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुन्धान भइरहेको प्रवक्ता सुनारले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4