+
+
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते ७:५५

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी दिए ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको बताए । यो कदम फिर्ता नहुँदासम्म युवा विद्यार्थीले सडक नछाड्ने बस्नेतले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरीले समेत सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?