+
+
Shares

छात्रवृत्तिमा पढेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी हुन दिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १०:३७

२८ पुस, काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ ।

कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो ।

चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आईओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि परीक्षा फर्म नभरेको भन्दै परीक्षा दिन नदिइएको बताए । उनको अनुसार उनीसँग परीक्षा र्फम भर्न २ दिन समय थियो तर चिकित्सा शिक्षा आयोगले परीक्षा दिन पाउने र अतिरिक्त शुल्क नतिर्नु भनेकाले र्फम भरेका थिएनन् । सोही कारण उनीसँग प्रवेश पत्र थिएन ।

आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ ।

‘म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ,’ रामले भने, ‘तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।’

पहिला आयोगले नै अतिरिक्त शुल्क नतिर्नुस् ढुक्क हुनुस् परीक्षा दिन पाइन्छ भनेकाले आफू परीक्षा दिनबाट बञ्चित भएको उनको आरोप छ ।

२०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्कसमेत बुझाएका छन् । ‘सरकारले नतिर्नु भनेकाले मैले कलेजले मागेको अतिरिक्त शुल्क तिरिन् अहिले आएर यस्तो भयो,’ राम भन्छन्, ‘कलेजको लागि अतिरिक्त शुल्क लिनु लिगल हो भने सरकारको लागि इलिगल । कस्को कुरा मान्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?