Comments Add Comment

बीआरआईतर्फ संकेत गर्दै ओलीले भने – ऋण लिएर घिउ खाने सिद्धान्त अपनाउँदैनौं

२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको ऋणतर्फ संकेत गर्दै ऋण गरेर घिउ खाने सिद्धान्त आफूले नअपनाएको स्पष्ट पारेका छन् । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) अन्तर्गत सञ्चालन हुने विकास परियोजनाका लागि चीनसँग लिने ऋणतर्फ संकेत गदै प्रधानमन्त्री केपी ओलीले यस्तो बताएका हुन् ।

जी न्युज नेटवर्कको अनलाइन टेलिभिजन डब्लूआईओएनलाई दिएको अन्तर्वार्ताको क्रममा चार्वाक दर्शनको मुख्य प्रस‌ंगलाई स्मरण गर्दै आफ्नो क्षमता बिर्सिएर हैसियतभन्दा बढी ऋण नलिने प्रस‌ंगलाई उठान गरेका हुन् ।

चार्वाक दर्शनले भन्छ : ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत् । भस्मीभूतस्य देहस्य पुनर्जन्म कुतं भवेत् ?’ अर्थात्, जति जिउँछौ सुखसँग जिउने गर, ऋण गरेर भए पनि घिउ पिउने गर । मरेपछि भस्म हुने यो देहको पुनर्जन्म कसरी हुन्छ ? यो श्लोक चार्वाक दर्शनको मुख्य श्लोक हो । यसमा पुनर्जन्मको नाममा इमान र सत्कर्म भनेर मान्छे जीवनभर दुःख सहेर बस्ने कामलाई विरोध गरिएको छ । आम्दानीको आधार जे सुकै होस् तर बाँचुन्ज्याल मोजमस्ती गर्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ ।

तर ओलीले भने यो सिद्धान्त आफूहरुको नभएको बताएका छन् । उनले अन्य मुलुकबाट झैं नेपालले चीनबाट पनि ऋण लिने र त्यसको मात्रा भने धेरै नहुने बताए । प्रधानमन्त्री ओलीले भने,‘हाम्रो स्रोत र साधन पर्यात छैनन्, हामीलाई सहयोग, लगानी र कहिलेकाँही ऋण पनि चाहिन्छ तर त्यो हामी एकदमै होसियारीपूर्वक लिन्छौं ।’

यो पनि पढ्नुस्

भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment