+
+

मारवाडी सेवा समितिको अध्यक्षमा गोयल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते २०:१७

२८ पुस, काठमाडौं । मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् । उद्योगी वसन्तकुमार चौधरीलाई हराउदै गोयल अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार अबेर सम्पन्न चुनावमा गोयलले ८८३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दद्वी चौधरीले ७६७ मत प्राप्त गरे ।

सेवा समितिको चुनावमा दुई पक्ष प्यानलसहित भिडेका थिए । कार्यसमितिमा गोयल पक्षकै बहुमत देखिएको छ । निर्वाचित ३१ कार्यसमिति सदस्यमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?