Comments Add Comment

सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका थिए । त्यसको १५ दिनपछि सरकारले हल खोल्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले हल खोल्ने अनुमती दिएसँगै संचार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

१९ बुँदे संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट विक्री गर्नुपर्ने, काउन्टरबाट विक्री गर्नुपर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गराउनुपर्ने उल्लेख छ । यस्तै, दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment