+
+
Shares

आज पुसे औंसी, पितृलाई तृप्त पार्ने पवित्र दिन (फोटो फिचर )

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १४:१६

२९ पुस, काठमाडौं । आज पुसे औंसी अर्थात् पितृ कर्मका लागि पवित्र दिन । आजको दिन श्रद्धापूर्वक पितृहरुको तृप्तिका लागि श्राद्ध, दान लगायतका कर्म गरिन्छ ।

त्यसैले आजको दिन बिहानैदेखि काठमाडौंको गोकर्णेश्वर, गोसाइँकुण्ड, मुक्तिनाथ, कागवेनी, देवघाट, बराहक्षेत्र, कोका, कौसिकीलगायतका स्थानमा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ ।

धर्मशास्त्रका जानकार डा. बासुदेव कृष्ण शास्त्री भन्छन्, ‘पुसे औंसीलाई सोह्र श्राद्धभन्दा पनि पवित्र दिन मानिन्छ विशेषगरी पितृ कर्मका लागि । मसान्तको दिन औंसी पर्व आफैंमा बडो राम्रो मानिन्छ ।’ उनका अनुसार बिभिन्न कारण मृत्यु भएका सबैको उद्धारका लागि यस दिन तर्पण, श्राद्ध र पिण्ड दान गरिन्छ । तर्पण तृप्तिका लागि गरिन्छ ।

यस दिन सूर्य धनु राशीको अन्तिम विन्दुमा पुगेको र चन्द्रमास अनुसार पुस महिनाको औंसीलाई पुसे (पौषे) औंसी भनिन्छ । यस दिन दिनभरी नै श्राद्ध गर्न सकिने डा. शास्त्री बताउँछन् । साँझ वा बिहान पितृको सम्झनामा तीन अञ्जुली भए पनि जल अर्पण गर्नुपर्ने उनी बताउँछन् ।

डा. शास्त्री भन्छन्, ‘पितृहरुले हरण गर्ने र दिने दुवै सामर्थ्य राख्छन् तर देवताहरु दाता मात्रै हुन्छन्, उनीहरुले हरण गर्ने सामर्थ्य राख्दैनन् । त्यसैले पनि पितृहरुलाई तृप्त पार्न, खुसी पार्न जरुरी छ ।’

आफ्नापट्टीका तीन पुस्ता, मावलीपट्टीका तीन पुस्ता, फुपू-फुपाजु, काकाकाकी, मामा-माइजू, सानिआमा, ठूलीआमा सबैलाई तर्पण दिने गरिन्छ ।

पुसे औंसीका दिन तिल, बस्त्र, अन्न, पीण्ड, जललगायतका दान गर्नाले राम्रो फल प्राप्त हुने धार्मिक विश्वास छ ।

फोटो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?