+
+
Shares

कम्युनिस्ट पार्टीमा गद्दार र तानाशाह पनि जन्मदो रहेछ : अष्टलक्ष्मी शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १५:१२

२९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याएको प्रतिगमन सडकबाट सच्याउने बताएकी छन् । प्रज्ञा भवनमा आयोजित यो समूहको काठमडौं जिल्ला भेलामा शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् ।

‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन् । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् ।

‘गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् ।

पार्टीमा तानाशाही प्रवृत्ति भन्दा पनि कामको उचित मूल्यांकन गर्ने प्रवृत्ति विकास गर्नुपर्ने शाक्यले बताइन् । अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?