
हरिप्रकाश चन्द ।
२९ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफना सल्लाहकार हरिप्रकाश चन्दलाई पदबाट हटाइएका छन् ।
सल्लाहकार चन्दले उपकुलपतिको नियमित सम्पर्कमा नभई मनोमानी ढंगले काम गरेको भन्दै पदमुक्त गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।
लामो समयसम्मविना जानकारी मनोमानी ढंगले काम गर्ने गरेको, संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ देखिने काम गरेको, पदीय आचरणभित्र नरहेको र बारम्बार सामाजिक सञ्जालमा मनोमानी हिसाबले लेख्न थालेपछि पदमुक्त गरिएको बताइएको छ ।
विश्वविद्यालयको पुस २२ गते बसेको कार्यकारी परिषद्को बैठेकले सल्लाहकार चन्दलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4