Comments Add Comment

विजय चालिसेका तीन नयाँ कृति बजारमा

१ माघ, काठमाडौं । साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन थान नयाँ कृति एकैसाथ बजारमा आएका छन् ।

चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरूभूमिको फूल’ नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । ‘सर्पदंशित मेरो वर्तमान’मा विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।

यस्तै ‘परिशीलन’ नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । ‘मरूभूमिको फूल’ भने नियात्रा तथा संस्मरणहरुको संगालो हो ।

तीनवटै कृतिको प्रकाशक बीएन पुस्तक संसार रहेको छ । चालिसे नेपाली साहित्यको कथा क्षेत्रका परिचित छन् । उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आएका छन् । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी चालिसेका करिब ६ दर्जन कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment