
१ माघ, काठमाडौं । माघे संक्रान्तिका लागि ५२ हजार लिटर घ्यू बिक्री भएको दूग्ध विकास संस्थानले जनाएको छ । कोभिडका कारण खपत न्यून रहेपनि माघीका लागि भने घ्यूको माग बढेको संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।
‘पुस महिनामा माघीका लागि भनेर ५२ हजार ८६१ लिटर घ्यू संस्थानले बिक्री गरेको छ जुन गत आवको यस अवधिको तुलनामा झण्डै तीन गुणाले बढी हो,’ झाले भने ।
गत वर्ष पुसमा डीडीसीले २० हजार लिटर मात्रै घ्यू बिक्री गरेको थियो । चालु आवको मंसिरसम्म डिडिसिले एक लाख ९२ हजार ९८१ लिटर घ्यू बिक्री गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4