Comments Add Comment

महेश बस्नेतको प्रस्ताव : प्रदेश सरकारलाई थप कमजोर बनाऔं

१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रदेश सरकारलाई थप कमजोर बनाउनुपर्ने बताएका छन् ।

तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तह प्रभावकारी भएपनि प्रदेश कमजोर देखिएको भन्दै उनले अब यसलाई थप कमजोर बनाउनुपर्ने धारणा अघि सारेका हुन् ।

विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको मान्यता दिऔं र उहाँहरुबाट निर्वाचित प्रदेश सभाबाट एउटा सरकार बनाऔं  ।’

उनले अघि भने, ‘त्यसरी बन्ने सरकारले संघीय सरकार र स्थानीय तहको बजेटमा समन्वय गर्ने, स्थानीय तहका कामको मनिटरिङ तथा विकासको पहल गरोस् ।’

यो मुद्दा आगामी चुनावको एजेण्डा नबन्ने, तर त्यसपछि दलहरुले संविधान संशोधन गर्न सक्ने उनले बताए ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताए । यो मोडलमा जाँदा दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment