Comments Add Comment

दम्पतीबीच कलह किन ?

त्यसो त दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन, यसले बालबच्चा र समग्र परिवारमा पनि असर गर्छ । झगडा गरिरहने आमाबुवाका सन्तान क्रोधित मात्र हँुदैनन्, हीनताबोधले ग्रस्त हुन्छन् ।

श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ? यसका एकमात्र कारण हुँदैन । अनेक कारणले दम्पतीबीच खटपट आइरहन्छ । ठिक यसैगरी झगडाको पनि प्यार्टन हुन्छ । दम्पतीबीच हुने झगडा कुन प्रकारको हो ? छुट्याउन सकिन्छ ।

झगडामा तिरस्कार

मानौं, तपाईंहरुको श्रीमान–श्रीमतीबीच भनाभन भयो । यस्तो अवस्थामा एकअर्कालाई तिरस्कार गरियो भने बुझ्नुपर्छ कि तपाईंहरुको आपसी सम्बन्धमा सम्मानको भावना पटक्कै छैन । जबकी आपसी सम्मान नै त्यो चिज हो जसले सम्बन्धलाई बलियो बनाउँछ । पाटनरको कुरालाई हल्ला रुपमा लिने, सुन्नै नचाहने जस्ता लक्षण यस प्यार्टन अन्र्तगत पर्छ । यस्तो अवस्थामा पार्टनरले गरेको कामप्रति तपाईंहरु निन्दा गर्नुहुन्छ, गुनासो गर्नुहुन्छ, उपेक्षा गर्नुहुन्छ । एकअर्काबीच सम्मानजनक व्यवहार हुँदैन । यो निकै खतरनाक हो ।

यदि तपाईंहरु पनि एकअर्कालाई तिरस्कार गर्नुहुन्छ भने यसबाट हुने संभावित क्षतिबारे विचार गर्नुहोस् । भोलिका दिनमा तपाईंहरुको दाम्पत्य जीवन कसरी अगाडि बढ्न सक्छ ? तपाईंहरुबाट छोराछोरीले कस्तो अभिभावकत्व पाउँछ ? आफन्त एवं इष्टमित्रका सामुन्ने तपाईंहरु कति निरिह हुनुपर्छ ? ख्याल गर्नुहोस् ।

त्यसैले एकअर्कालाई उपेक्षा गर्ने, तिरस्कार गर्ने होइन सम्मान गर्ने बानीको विकास गर्नुहोस् । अर्काको भावनालाई आदर गर्नुहोस् ।

बहस होइन आलोचना

हरेकजसो मान्छेमा अरुको आलोचना गर्ने प्रवृत्ति हुन्छ । हामी संसारको सबैभन्दा सुन्दर चिजमा पनि खोट देखाउन सक्छौं । फूल प्रकृतिको एक उत्कृष्ट रचना हो, तर फूलमा पनि हामी दोष लगाउन सक्छौं । गाई एक बहुगुणी जनवार हो, तर गाईमा पनि हामी खोट देखाउन सक्छौं । हाम्रो प्रवृत्ति यस किसिमको छ ।

यसरी खोट देखाउने, कमजोरी औंल्याउने, दोष लगाउने प्रवृत्तिलाई जब हामी दाम्पत्य सम्बन्धमा ल्याउँछौं, त्यसले निकै अप्रिय घटना निम्त्याउँछ ।

कतिपय दम्पती हुन्छन्, जो एकअर्कासँग दोषारोपण गर्दै बस्छन् । उनीहरु आपसी समझदारीमा भन्दा पनि एकअर्काको दोष पहिल्याउनमै तल्लिन हुन्छन् । श्रीमान् वा श्रीमतीको आलोचना गर्ने यस प्रवृत्तिले तपाईंहरुको सम्बन्धमा नकारात्मकतालाई ठाउँ दिन्छ । यसले तपाईंहरुको दाम्पत्य सम्बन्ध सधै खल्लो बनाइराख्छ ।

आलोचनात्मक रवैया एक हदसम्म सही हुन्छ । तर, यसलाई व्यवहारको हिस्सा बन्न दिनुहुँदैन । हरेक कुरामा, हरेक पटक आलोचना मात्र गरिरहँदा त्यसले सम्बन्धलाई धरापमा पार्छ । आलोचना गर्दा सकारात्मक कुरा पनि गरौं ।

आफ्नो वचाउ गरिरहनु

हरेक कुरामा आफ्नो वचाउ मात्र गरिरहनु पनि राम्रो हुँदैन । तपाईंले जबरजस्ती आफुलाई सही बनाउने प्रयास गर्नुहुन्न । गलत कुरा वा आफ्नो कमी कमजोरी तपाईंले स्विकार गर्न सक्नुपर्छ । आफ्नो गल्ती सच्याएर अगाडि बढ्दा सम्बन्ध थप परिपक्क हुँदै जान्छ । जबकी आफ्नो गल्ती स्विकार गर्दै नगर्ने वा आफ्नो वचाव मात्र गरिरहने प्रवृत्तिले दाम्पत्य जीवनमा फाटो ल्याउँछ ।

आपसी संवाद नगर्नु

झगडाका क्रममा कतिपय दम्पती बोलचाल बन्द गर्छन् । उनीहरुको बोलचाल त्यसबेलासम्म बन्द हुन्छ, जब बोल्नैपर्ने अवस्था आइलाग्दैन । एउटाले भन्छ, म किन बोल्ने ? अर्कोले सोच्छ, म किन बोल्ने ?

संवादका लागि दुबैजना अग्रसर हुँदैनन् । आफु बोल्न अग्रसर हुँदा आफ्नो हार हुने सम्झन्छन् । यही दम्भले दाम्पत्य जीवनको सुख लुट्छ ।

झगडा भएपछि केही क्षण बोलचाल हुनु सामान्य होला । तर, लामो समय बोल्दै नबोल्नु उचित होइन् । यसले गर्दा लामो समयसम्म तपाईंहरु तनावग्रस्त रहनुहुन्छ । मनमा अनेक कुरा खेल्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment