Comments Add Comment

पीएम कप पुरुष क्रिकेट आजदेखि, यस्ता छन् १० टिम

गत वर्षको विजेता नेपाल प्रहरीको टोली /फाइल तस्वीर

२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । क्यानले प्रतियोगिताको एकदिन अघि बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

माघ २ देखि १७ गतेसम्म हुने प्रतियोगितामा सात प्रादेशिक टिम र तीन विभागीय टिम गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । १६ दिनसम्म चल्ने प्रतियोगितामा कूल २३ खेल हुनेछ ।

जसमा २ देखि १२ गतेसम्म लिग चरणका ११ खेलहरु त्रिवि मैदानमा हुने क्यानले जनाएको छ । यस्तै ४ देखि १२ गतेसम्म मुलपानीमा लिग चरणका ९ खेलहरु हुनेछ । माघ १४ र १५ गते त्रिवि मैदानमा सेमिफाइनल खेल हुनेछ भने १७ गते त्रिवि मैदानमै फाइनल खेल हुनेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’मा रहेका त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । त्यसअघि युवा तथा खेलकुदमन्त्री दावा तामाङ लामाले बिहान साढे ८ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

यस्तै प्रतियोगिताको सम्पूर्ण खेलहरु एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रसारण गर्ने क्यानले जनाएको छ ।

पीएम कप खेल्ने १० टिम यस्ता छन् ।

समूह ए मा रहेका टिम

त्रिभुवन आर्मी

विनोद भण्डारी (कप्तान-विकेटकिपर), रोहित कुमार पौडेल, राजु रिजाल, राजेश पुलामी, जितेन्द्र मुखिया, अनिल मण्डल, भिम सार्की, सुशन भारी, साहब आलम, विक्रम सोब, हरि चौहान, आकाश चन्द, हरिकृष्ण झा, लोकेश बम

एपीएफ

शरद भेषावकर (कप्तान), बसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह रौटेला, सूर्य तामाङ, अभिनास बोहरा

प्रदेश १ को टोली

सिद्धान्त लोहनी (कप्तान), फिर्दोस अन्सारी, मिनास थापा ,दिपक पासवान,राजन मगर, शुवांकर उराउ, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल , जोसक खड्का , विवेक मेहता , मनोज तामाङ,ज्ञानेन्द्र श्रेष्ठ, हेमन राई

वैकल्पिक : सुजन थपलिया, सरोज बस्नेत, प्रज्वल खत्री, आशिस श्रेष्ठ

गण्डकी प्रदेश टिम

विपिन खत्री कप्तान अशोक श्रेष्ठ उपकप्तान, दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे, दिनेश बुढामगर

वैकल्पिक : मिलन लुइंटेल, विज्ञान गौतम, सन्देश बस्नेत, कमल परियार

कर्णाली प्रदेश

रविन्द्र जंग शाही (कप्तान), दिवान पुन, दिनेश अधिकारी, राजकुमार शाह, हेमन्त वली, अनुज चुनारा, रुपक दाहाल, निश्चल रावल, हिमांशु शाही, विपिन रावल, यूनिश विक्रम सिंह, ललित प्याकुरेल, तारा प्रसाद गिरी, अभिशेक बम ठकुरी

समूह बी मा रहेको टिम

पुलिस टिम

मन्जित श्रेष्ठ (कप्तान),दिलिप नाथ, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, प्रेम तामाङ, ललित राजवंशी, सुनिल धमला, अनिल शाह, योगेन्द्र कार्की, रसिद खान, पवन सर्राफ र सागर ढकाल छन् ।

बागमती टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), पारस खड्का, इशान पाण्डे, रामनरेश गिरी, दिपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, विभत्सु थापा, अरियो पौडेल, तिलक राज भण्डारी, विपिन आचार्य, नन्दन यादव

वैकल्पिक : रिजन ढकाल, सुबास खत्री, जितेन्द्र सिंह ठकुरी र पवन श्रेष्ठ

लुम्बिनी टिम

कृष्ण कार्कीको (कप्तान), सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, सन्दीप सुनार, सन्दिप रजाली, राजविर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल, दिपेन्द्र रावत र अमित तामाङ छन् ।

वैकल्पिक : विशाल विक्रम केसी, तुलाराम थापा, नरेश सार्की र नितेश थापा छन् ।

सुदूरपश्चिम प्रदेश टिम

सन्तोष भट्ट (कप्तान), अरुण ऐरी, खडकबहादुर बोहरा (उपकप्तान), गजेन्द्र बोहारा, सन्जु दमाई, सुरज तिर्वा, किरन ठगुन्ना, अर्जुन सावद ( विकेटकिपर), विनोद लामा, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद, भोजराज भट्ट

वैकल्पिक : विरेन्द्र नाथ, दीपेन्द्र सिंह ऐरी, विक्रम थापा, विकनश आग्री

प्रदेश २ को प्रारम्भिक टिम (अन्तिम टोली घोषणा हुन बाँकी)

२४ सदस्यीय प्रारम्भिक टिम : हरिशंकर शाह, आशिष झा, सुधिर चौधरी, रवी सिंह, अरनिको यादव, राजकुमार शाहनी, हिमांशु दत्त, सुरज प्रसाद कुर्मी (कप्तान), तिर्थराज दास, बिशाल सुश्लिंग, रवि शाह, बिबेक यादव, राहुल प्रताप सिंह (उपकप्तान), समिर नेपाल, अल्फाज मन्सुरी, नसरुदीन अन्सारी, डब्लु मल्लिक,, महबुब आलम, दिब्यान्शु मलिक, गुलशन झा, आदील अन्सारी, सैफुल्लाह अन्सारी, कुमार थापा, प्रदिप पासवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment