Comments Add Comment

उत्तर कोरियाले सार्वजनिक गर्‍यो नयाँ मिसाइल, विश्वकै शक्तिशाली भएको दाबी

२ माघ, पुस । उत्तर कोरियाले आफ्नो नयाँ किसिमको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल सार्वजनिक गरेको हो । स्थानीय सञ्चारमाध्यमहरुले यसलाई विश्वको सबैभन्दा शक्तिशाली हतियार रहेको बताएका छन् ।

बिहीबार प्रदर्शन गरिएको सैन्य परेडमा उत्तर कोरियाको केही मिसाइलहरु प्रदर्शन गरेको हो । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन मात्र बाँकी रहेको समयमा उत्तर कोरियाले आफ्नो सैन्य प्रदर्शन गरेको हो ।

उत्तर कोरियाले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्दै आएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको तस्वीरअनुसार उत्तर कोरियाले कम्तीमा चारओटा ठूला सेतो र कालो रङ्गका मिसाइलहरु प्रदर्शन गरेको छ ।

विश्लेषकहरुले पनि उत्तर कोरियाले अहिले सार्वजनिक गरेका मिसाइलहरु यसअघि सार्वजनिक नभएका मिसाइल रहेको बताएका छन् । त्यस्तै बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनको नयाँ तस्वीर पनि सार्वजनिक गरिएको छ ।

सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो । उक्त सम्मेलनपछि उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम रोकेको बताए पनि त्यसपछि पुनः अमेरिकासँगको उत्तर कोरियाको सम्बन्ध चिसिँदै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment