Comments Add Comment

वर्तमान सरकारले पुरानै व्यवस्था ल्याउन खोज्दैछ : मोहन वैद्य

२ माघ, विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदीय व्यवस्था र संविधान नै असफल भएको बताएका छन् ।

मोरङको लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको किचलोका कारण संसद् माथि प्रहार गरेको वर्तमान सरकारबाट थप खतरा रहेको बताउँदै उनले पुरानै व्यवस्था ल्याउन खोजिएको बताए ।

पार्टीको कामको शिलशिलामा पूर्व आएका उनले पुरानै व्यवस्था ल्याउन खोजिए थप संघर्ष गर्नुपर्ने बताए । अहिलको संसदीय व्यवस्था असफल भएकाले जनगणतन्त्रको मुद्दा स्थापित गर्नु पर्ने उनको भनाइ थियो ।

पूर्व सहकर्मी रामबहादुर थापा बादल र मणि थापालगायत पूर्व माओवादीमा रहेका नेताले ओली समूह रोजेका विषयमा तपाईंको बिचार के छ भनी गिरएकाे जिज्ञासमा उनले बादल र थापाको विषयमा धेरै टिप्पणी गर्नु उचित नभएको भन्दै मन्त्री पद पाएका कारण ओली समूहमा लागेको बताए ।

तत्कालिन माओवादी विभाजन हुँदा बादल वैद्यसँगै गएका थिए । बादल पछि पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका थिए । नेकपा एकता हुँदै विभाजनमा पुग्दा वैद्यका पूर्व सहकर्मी बादल, थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट ओली समूहमा छन् ।

‘तीन वटै नेता सही छैनन् (प्रचण्ड, माधवकुमार नेपाल र प्रधानमन्त्री ओली), अलिक कम खराब प्रचण्ड–माधव हुन् भन्ने हो,’ उनले भने, ‘ यता मन्त्री पाउने भए यतै आउनुहुन्थ्यो होला उत्ता पाउने भएपछि उतै जानु भो । यसबारेमा थप टिप्पणी नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment