Comments Add Comment

आरटीजीएस र मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

२ माघ, काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) तथा मोडुलर डाटा सेन्टर नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा २६ भदौ २०७६ देखि आरटीजीएस तथा मोडुलर डाटा सेन्टर सञ्चालनमा थियो ।

शुक्रबार भने औपचारिक कार्यक्रमको आयोजना गरी यो सिस्टम राष्ट्र बैंकलाई हस्तान्तरढा गरिएको हो । र गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित बेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्क ,यूके एड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवातमा यूके एड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटीजीएस तथा मोड्युलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राखेका थिए ।

साथै, उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । गभर्नर अधिकारीले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत यूके एडबाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment