Comments Add Comment

फुटबल छाड्ने मनस्थितिमा पुगेका थिए नेमार

४ माघ, काठमाडौं । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड नेमारले कुनै समय आफू फुटबल छाड्ने अवस्थामा पुगेको आश्चर्यजनक खुलासा गरेका छन् ।

अहिले जुन खेल खेलिरहेका छन् त्यही खेलमा उनी सधैँ खुशी थिएनन् । नेमारले कुनै समयम आफूले फुटबल करियरलाई अन्त्य गर्न चाहेको खुलासा गरेका हुन् ।

‘मैले आफैँलाई एकपटक सोधेँ कि म फुटबल खेल जारी राख्न चाहन्छु,’ नेमारले गाफर म्याजेगिनसँगको अन्तरवार्तामा भनेका छन्, ‘एकदिन म भारी टाउको लिएर घर पुगेको थिएँ र त्यसपछि मैले आज कहाँ छु र त्यहाँ पुग्न मैले गरेको कुराको बारेमा सोच्न थालेँ ।’

नेमारले फुटबलको मायाले नै आफूलाई शान्त पारेको बताएका छन् । ‘फुटबलप्रति मेरो प्रेमले मलाई शान्त गर्‍यो र मलाई पृथ्वीमा तान्यो,’ उनले भने ।

स्पानिस क्लब बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका नेमारले दबाबले आफूलाई धेरै असर भने नगरेको बताए । ‘म त्यस्तो व्यक्ति हुँ जसले दबाबलाई सजिलै ह्याण्डल गर्न सक्छ ।  त्यसैले मसँग ब्राजिल र पीएसजीको नम्बर १० छ,’ नेमारले भने ।

‘म ब्राजिल र पीएसजी जस्तो टोलीको प्रतिनिधित्व गर्न पाएकोमा कृतज्ञ छु । मलाई थाहा छ मैले खेल्ने क्रममा शतप्रतिशत दिनुपर्छ किनकी यही नै म बाट सबैले आशा राख्छन्,’ उनले भने ।

नेमारले नयाँ प्रशिक्षकको मातहत भर्खरै पीएसजीका लागि सुपर कपको उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment