४ माघ, काठमाडौं । सप्तरीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुष रहेका छन् । उनको नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो । दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भैरहेको छ ।
सुमो, ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4