+
+
Shares

नयाँ फिल्ममा पनि आएनन् दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते ११:५५

बिहिबार परेको सार्वजनिक बिदाको दिनदेखि रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले दर्शकलाई हलसम्म तान्न सकेन ।

नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र हेर्न औषत दर्शक हलसम्म आउने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरसका कारण १० महिना बन्द भएका हलहरु खुलेपछि रिलिज भएको नयाँ नेपाली चलचित्रले दर्शकको साथ पाएन ।

बिहिबार मल्टिप्लेक्स हलले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका थिए । तर, बिहिबार नै हलमा दर्शकको खडेरी लागेपछि शुक्रबारदेखि शोको संख्या घटेको थियो ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नयाँ नेपाली चलचित्र हलमा रिलिज भएको सन्देश दिन यो चलचित्र रिलिज गरिएको भनिएतापनि यो चलचित्रले माहोल गर्मिलो बनाउन सकेन ।

यसैले, अब नयाँ चलचित्र रिलिज गर्न निर्माता अझै तयार नहुने देखिएको छ । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ जस्ता कलाकारको अभिनय रहेको यो चलचित्रले चलचित्र क्षेत्रलाई चलायमान बनाउन नसकेपछि दर्शकको प्रतिक्षामा रहेका चलचित्र नै हलमा रिलिज गर्नुपर्ने देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?