Comments Add Comment

कक्षाकोठामा बालबालिकाको लागि आत्मिय हस्तक्षेप

जब कक्षाकोठामा हामी बालबालिकालाई ‘चुपचाप बस’, ‘हात बाधेर बस’, ‘चलमल नगरी बस’ भन्छौं, त्यसले उनीहरुलाई कडाई गरेजस्तो अनुभव हुन्छ । त्यसैले यसरी अनावश्यक नियम लगाउँदा वा कडाई गरिदा बच्चाहरु खुसी हुँदैनन् ।

शिक्षकको अगाडि पढेजस्तो गर्छन्, लेखेजस्तो गर्छन्, जे भन्यो त्यही कुरा मान्छन् । तर, मन भनेर डराइरहेको हुन्छ । भित्रभित्रै आतंकित भइरहेका हुन्छन् । जब उनीहरुको दिमागलाई डरले कब्जा जमाएको छ भने, ज्ञानगुणको कुरा कहाँ अटाउने ?

अब प्रश्न उठ्छ, के बच्चालाई कक्षाकोठामा आफुखुसी खेल्न दिने ? शिक्षक–शिक्षिकाको उपस्थिती आवश्यक छैन ?

पुरानै भनाई हो, ‘बालबालिका काँचो माटो हुन् ।’ वास्तवमै उनीहरु काँचो हुन्छन्, जसलाई जुन रुपमा जसरी पनि ढाल्न सकिन्छ । यस्ता बालबालिकालाई सही दिशानिर्देशन गर्नु आफैमा रमाइलो तर संवेदनशिल काम हो ।

त्यसैले वालवालिकालाई कक्षा कोठामा खुला छाड्ने भन्ने कुरा आउँदैन । उनीहरुलाई मनलाग्दो गर्न छुट दिन पनि ठिक हुन्न । किनभने वालवालिकाले जे–जति गर्छन्, त्यो उनीहरुकै हितमा नहुन पनि सक्छ । त्यसैले यस्ता कुरामा हस्तक्षेप आवश्यक हुन्छ । तर, आत्मिय हस्क्षेप । उनीहरुलाई यस्तो लागोस् कि, ममाथि कुनै रोकटोक भएकै छैन । मलाई केही कुरामा नियन्त्रण गरिएकै छैन । म खुला छु । खुसी छु ।

वच्चामा यस किसिमको मानसिकता बनाउने काम शिक्षक-शिक्षिकाको हो ।

वालवालिका जब खेलिरहेका हुन्छन्, उनीहरुलाई त्यसबेला कसैले निगरानी गरेको मन पर्दैन । उसैगरी कक्षा कोठामा पनि उनीहरुले शिक्षक÷शिक्षिकाको उपस्थिती मन नपरेको हो । तर यो उनीहरुको समस्या होइन । समस्या हाम्रो हो । त्यसैले यसलाई सुल्झाउनका लागि पनि हामी आफैंले उपयुक्त तौर–तरिका खोज्नुपर्छ । के हुन्छ त उपयुक्त तरिका ?

वालवालिकाको सामुन्ने आफु शिक्षक वा शिक्षिकाको रुपमा होइन, साथीको रुपमा पेश हुनुपर्छ । उनीहरुसँगै खेल्ने, रमाउने, बोलाउने, चलाउने, हास्ने, रुने । जब हामी साथी हुन्छौं, उनीहरुले सहर्ष स्विकार गर्छन् । खासमा अहिले बच्चालाई हामीले पढाउने भन्ने कुरा पनि आउँदैन । के पढ्ने र कसरी पढ्ने भन्ने काइदा सिकाए पुग्छ । किनभने अहिलेको डिजिटल युगमा बच्चाहरु विभिन्न स्रोतबाट ज्ञान आर्जन गरिरहेका छन् । उनीहरु आफैमा ज्ञानको अथाह भण्डार छ । जिज्ञासा छ ।

त्यसैले अबको शिक्षामा हामीले बच्चाको अगाडि शिक्षक वा शिक्षिका भएर प्रस्तुत हुनुभन्दा सहजकर्ताको भूमिकामा प्रस्तुत हुनु बढी प्रभावकारी हुनसक्छ । यस्तो अनुभूत होस् कि, बच्चालाई शिक्षक–शिक्षिका पनि आफ्नै साथी जस्तै लागोस् । उनीहरु साथीसँग जस्तै खुल्न सकोस् । सहज अनु्भव गर्न सकोस् । खुलेर रमाउन सकोस् । यसरी उमंगमय वातावरण गरेपनि उनीहरुलाई जीवनयोपयोगी कुरा सिकाउन सकिन्छ, जुन उनीहरुले सहजै ग्रहण गर्न सक्छन् ।

अहिलेका शिक्षक शिक्षिकाले छडी लिएर कक्षा कोठामा प्रवेश गर्ने होइन । हार्दिकतापूर्वक मुस्कान लिएर प्रवेश गर्नुपर्छ । विद्यार्थीलाई अनुशासित बनाउने निहँुमा थर्कमान बनाएर राख्ने होइन । बरु, आत्मिय एवं प्रेममय व्यवहार दर्शाउनुपर्छ ।

जब बच्चा शिक्षकसँग रमाउन थाल्छन् । घुलमिल हुन थाल्छन् । मनको कुरा खुलेर गर्न थाल्छन् । तब उनीहरुलाई नयाँ नयाँ कुरा सिकाउन सकिन्छ । सिकाएका कुराहरु उनीहरुले राम्ररी अनुभूत गर्न सक्छन् । अनुभूत गरेको कुरा फेरी कहिल्यै विर्सदैनन् ।

बच्चाहरुलाई अक्सर शिक्षक–शिक्षिकाले आफ्नो कावुमा राख्न खोज्छन् । वच्चालाई अनुशासनको पाठ सिकाइन्छ । अनेक उपदेश दिइन्छ । कक्षा कोठामा वच्चाले बोलेको, चलेको रुचाइदैन । तर, हामीले अनुशासनको नाममा उनीहरुलाई अनावश्यक नियन्त्रण पो गरिरहेका छौ कि ? यस्ता नियन्त्रणले उनीहरुको रचनात्मक क्षमतामा ठेस पो पुग्छ कि ? भन्ने कुरामा पनि ख्यालबिचार गर्नुपर्छ ।

अक्सर अभिभावकले वच्चालाई राम्रो पठनपाठनका लागि महंगा, चलेका विद्यालयमा भर्ना गरिदिन्छन् । तर धेरै पैसा खर्च गर्दैमा वच्चाको शैक्षिक, वौद्धिक, सिर्जनात्मक विकास हुन्छ भन्ने ग्यारेन्टी छैन । आफ्नो बच्चाले परीक्षामा कति अंक हासिल ग¥यो भनेर चासो राख्नेभन्दा पनि वच्चाले कक्षा कोठामा कति सहज वातावरण पाइरहेका छन् ? कति खुसीसाथ पठनपाठन गरिरहेका छन् भन्ने कुरामा निगारनी राख्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment