Comments Add Comment

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को शुभसाइत

चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । आज पोखराको बिन्दवासिनी मन्दिरमा चलचित्रको शुभसाइन समारोह आयोजना गरिएको हो । मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुँदैछ ।

चलचित्रको अष्ट्रेलियाको प्रदर्शन अधिकार पनि विक्री गरिएको छ । एजुकेसन एन्ड माइग्रेसन कर्नरले यो चलचित्रको अष्ट्रेलिया प्रदर्शनको अधिकार किनेको हो । यस्तै, चलचित्रको युटुब राइट्स पनि विक्री भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिए । चलचित्रका कलाकार, बिषयवस्तु र टिम राम्रो लागेकाले अष्ट्रेलियाको प्रदर्शन अधिकार किनेको एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।

निर्माता रिजालका अनुसार यो चलचित्र आउँदो बर्षको साउन १ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुनेछ ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको यो चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराइ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

बीपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रमा महेश आर गुप्ताको छायांकन रहनेछ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्यको छायांकन पोखरामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment