+
+

उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमाण्ड शुल्कमा छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १८:४६

 

४ माघ, काठमाडौं । कोभिड १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयनमा आउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले भोलिदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री पौडेलले निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र  पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको हो । आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख छ ।

राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेश घिमेरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्ऽदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि अर्थमन्त्रीसँगका भेटमा निजी क्षेत्रले प्राथमिकताका साथ डिमाण्ड शूल्क छूटको विषय उठाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?