+
+

गुल्मीमा मृत फेला परेका व्यक्तिको हत्या गरिएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १९:३१

४ माघ, गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिबार मृत अवस्थामा फेला परेका थिए ।

मृतका विकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरबार गाउँपालिकाको–१ को बरेवाखोलामा उनी मृत फेला परेका थिए  ।

मृतक विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।

कसैले बन्यजन्तु शिकार गर्दा विकलाई लागेको हो या अरु कुनै भन्ने बारेमा अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए । विकको शब आइतबार गुल्मी अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?