Comments Add Comment

‘खोप आए पनि २०२१ मा नखुल्न सक्छ अस्ट्रेलियाको सीमा’

५ माघ, काठमाडौं । अस्ट्रेलियाले आफ्ना अधिकांश मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएको अवस्थामा पनि अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा नखुल्ने बताएको छ । अस्ट्रेलियाको हेल्थ डिपार्टमेन्टका प्रमुख ब्रेन्डन मुर्फीले मुलुकमा नयाँ संक्रमितको संख्या शून्यमा झरेसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।

अस्ट्रेलियाले फाइजरको कोरोना खोपबाट देखिने साइडइफेक्टको विषयमा पनि अहिले अध्ययन गरिरहेको छ । नर्वेमा कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएको समाचार आएसँगै अस्ट्रेलियाले खोपको साइडइफेक्टबारे अध्ययन सुरु गरेको हो । अस्ट्रेलियाले आगामी महिनाबाट कोरोना खोप कार्यक्रम सुरु गर्ने योजना बनाएको छ ।

‘हामीले अधिकांश मानिसहरुलाई कोरोना खोप लगायौँ भने पनि हामीलाई संक्रमण कहिले रोकिन्छ भन्ने थाहा हुँदैन’, एबीसीसँगको कुराकानीमा ब्रेन्डन मुर्फीले भने । अन्य मुलुकको तुलनामा अस्ट्रेलियाले कोरोना भाइरसलाई प्रभावकारी कदम चाल्दै नियन्त्रणमा लिएको थियो ।

अहिलेसम्म अस्ट्रेलियामा कोरोनाबाट ९०९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment