Comments Add Comment

सेयर बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए

५ माघ, काठमाडौं । माघ महिनाको दोस्रो कारोबार सोमबार सेयर बजार १७ अंक भन्दा धेरैले बढ्यो । कारोबार रकम पनि ६ अर्ब नाघेको छ भने नेप्सेमा कारोबार हुने जलविद्युत बाहेकका सबै समूहहरु बढेर हरियाली छाएका छन् ।

बजार हरियाली छाउदा पनि केहि कम्पनीहरुको सेयर मूल्यमा पनि ठूलै गिरावट आएको छ । सोमबार सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् । समृद्धिको सेयर मूल्य ४.१४ प्रतिशत अर्थात ७ रुपैयाँले घटेको छ ।

यसैगरी दोस्रो नम्बरमा एभरेष्ट बैंकको संस्थापक तर्फको सेयर मूल्य ३.८३ प्रतिशत अर्थात २७ रुपैयाँ र सा्रग्रिला डेभलपमेन्ट बैंकको ३.६४ प्रतिशत ८ रुपैयाँले ओरालो लागेको छ । यसैगरी गुडविल फाइनान्सको ७ रुपैयाँले मिर्मिरे माइक्रोफाइनान्सको ४१ रुपैयाँले र आइएमई जनरल इन्स्यारेन्सको २२ रुपैयाँले सेयर मूल्य ओरालो लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको ४ रुपैयाँले ओरालो लाग्दा राधी विद्युतको ६ रुपैयाँ, माउन्टेन हाइड्रोको ४ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर २२ रुपैयाँले घटेको छ ।

यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक १७.३१ दशमलव ३१ अंकले उकालो लागेको छ । यस अघि आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो ।

नेप्से परिसूचक लगातार बढ्दा सोमबार २ हजार ३ सय ३२ अंक भन्दा माथि पुगेको छ । कारोबार रकम पनि ६ अर्ब भन्दा माथि नै भयो । दिनभर भएको ५१ हजार ८ सय १३ कारोबारबाट २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै समूहहरु बढेर हरियाली छाएका छन् भने जलविद्युत समूह भने घटेर रातो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment