+
+
Shares

५ दिनमा ३ सय पर्यटक खप्तड पुर्‍याउने योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १८:०५

५ माघ, कैलाली । छिनमै बर्सात, छिनमै हिउँ, केही बेरमै हावाहुरी र केहिबेरमै प्रचण्ड गर्मी । यो विशेषता खप्तडको हो । यस्तो बेला स्वर्गको टुक्रा जस्तै देखिन्छ खप्तड । तर, त्यहाँसम्म पैदल वा सडक मार्ग हुँदै पुग्न अहिले सम्भव छैन । यो सुन्दर र मनमोहक दृश्यको अवलोकन गर्न खप्तड हेली टुर प्याकेज ल्याइएको छ ।

खप्तड होमस्टे झिग्राना डोटीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म हेलिकप्टरमार्फत खप्तड पुग्ने व्यवस्था गरेको हो । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होमस्टेका प्रबन्ध निर्देशक दीपककुमार खड्काले हेलिकप्टरमार्फत खप्तड पुग्ने व्यवस्था गरिएको जानकारी दिए ।

‘स्वर्गको टुक्रा जस्तै सुन्दर भएको छ खप्तड । यो बेला त्यहाँ पुग्दा बेग्लै आनन्द आउँछ,’ उनले भने, ‘हामीले त्यसैका लागि खप्तड हेली टुर प्याकेज ल्याएका हौँ ।’ ३० मिनेटसम्म हिउँमा खेल्ने गरी हेलिकप्टरमार्फत खप्तड जाने व्यवस्था गरिएको उनले जानकारी दिए ।

५ दिनसम्म जारी रहने खप्तड हेली टुर प्याकेजमार्फत ३ सय बढी आन्तरिक पर्यटकलाई खप्तड पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

‘अहिले कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यसलाई माथि उठाउन पनि हामीले यो अभियान सुरु गरेका हौँ,’ उनी भन्छन्, ‘हामीले ३ सय बढी पर्यटकलाई खप्तड पुराउने योजना बनाएका छौँ ।’

कुन प्याकेज कति ?

दिपायल – खप्तडदेखि खप्तड– दिपायल १० हजार रुपैयाँ

झिग्राना–खप्तडदेखि खप्तड झिग्राना ८ हजार ( सञ्चारकर्मीका लागि ७ हजार ) रुपैयाँ

धनगढी– खप्तडदेखि खप्तड–धनगढी ३० हजार रुपैयाँ

धनगढी – दिपायल प्लेन, दिपायल खप्तड हेलिकप्टर दुवैतर्फ एक रात २ दिन खान बस्नसहित २१ हजार ५ सय रुपैयाँ

धनगढी–दिपायल स्थल मार्ग (बुकिङ गाडी), दिपायल –खप्तड हेलिकप्टर १५ हजार रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?