६ माघ, काठमाडौं । चाैथाै टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धकाे टेष्ट सिरिज २-१ ले जितेकाे छ ।
पहिलाे टेष्ट अस्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे सेट भारतले जितेकाे थियाे । यस्तै तेस्राे सेट बराबरी भएकाे थियाे ।
चाैथाे टेष्टमा ३२८ रनकाे लक्ष्य पछ्याएकाे भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेकाे हाे ।
४/० बाट अन्तिम दिनकाे खेल अघि बढाएकाे भारतका लागि शुभमन गिल चेतेश्वर पुजारा र रिषव पन्तले अर्धशतक प्रहार गरे ।
गिलले ९१ रन बनाउँदा पुजाराले ५६ रन जाेडे । पन्त ८९ रनमा अविजित रहे ।
अस्ट्रेलियाका लागि प्याट कमिङ्सले ४ तथा नाथन लियाेनले २ विकेट लिए ।
मुख्य बलरहरु जसप्रित बुमराह, रवि आश्वविन, माेहम्मद शामी लगायत नहुँदा पनि नयाँ बलरहरुले भारतकाे लागि राम्राे प्रदर्शन गरे ।
पहिलाे इनिङ्समा ३३ रनकाे अग्रता बनाएकाे अस्ट्रेलियाले दाेस्राे इनिङ्समा २९४ रन बनाउँदै भारतलाई ३२८ रनकाे लक्ष्य दिएकाे हाे । रिषव पन्त खेलकाे म्यान अफ दि म्याच घाेषित भए ।
यस्तै अस्ट्रेलियाका प्याट कमिङ्स प्लेअर अफ दि सिरिज घाेषित भए ।
बाेर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दाेस्राे स्थानमा उक्लेकाे छ भने अस्ट्रेलिया तेस्राे स्थानमा झरेकाे छ ।
प्रतिक्रिया 4