+
+
Shares

जे फाेर आईटीएफ टेनिसमा प्रेरणा दाेस्राे चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १४:३७

६ माघ, काठमाडौं । केन्यामा भइरहेकाे जे फोर आईटीएफ टेनिस प्रतियोगितामा नेपाली खेलाडी प्रेरणा कोइराला दाेस्राे चरणमा प्रवेश गरेकी छन् ।

पहिलाे चरणमा प्रेरणाले माेजाम्बिककी निकाेले माटुकुतिरेलाई ६-१, ६-१ ले पराजित गर्दै दाेस्राे चरणमा पुगेकी प्रेरणाका बुबा पुरुषाेत्तम काेइरालाले जानकारी थिए । उनका अनुसार जे फाेरमा प्रेरणाकाे याे पहिलाे जित हाे ।

अब उनले नेपाली समय अनुसार मंगलबार साँझ ५ बजे दाेस्राे चरणकाे खेल खेल्दैछन् ।

केन्याको राजधानी नैरोबीमा आयोजना भइरहेकाे प्रतियोगितामा नेपालबाट प्रेरणा र सलोनी तामाङले गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?