+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बैतडीमा आफन्तबाटै किशोरी बलात्कृत, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १६:४५
प्रतीकात्मक तस्वीर

६ माघ, कैलाली । बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् ।

जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।

‘किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधिकारीले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ । ’

उनले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको बताए ।

घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन्’ अधिकारीले भने ।

किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?