Comments Add Comment

सुष्मा रानाहँमाले ल्याइन् ‘आमाको तासफोटो’

काठमाडौं । सुष्मा रानाहँमाको कविता संग्रह ‘आमाको तासफोटो’ सार्वजनिक भएको छ ।

खोटाङ घर भई हाल दक्षिण कोरिया बस्दै आएकी कवि रानाहँमाले प्रेम, जातीय पहिचान र इतर विचारलाई केन्द्रमा राखेर लेखेका ४५ थान कविताहरू संग्रहमा समेटिएका छन् ।

‘कवितामा शिशु कक्षाको सुरुवात हो मेरो । कविताको महासागरमा बगेर पुग्न खोज्ने म कुवाको पानीजस्तै मात्र हुँ’ कवितासंग्रहबारे रानाहँमाले लेखेकी छिन् ।

रानाहँमा धार्मिक, सांस्कृतिक वा सत्ता पक्षले निर्माण गरेको एकात्म सौन्दर्य भत्काउने नवीनत अभियान ‘इतर–आवाज’ कविता आन्दोलनकी अभियन्तासमेत हुन् ।

जनवरी २४ का दिन सियोलमा कवितासंग्रहको सार्वजनिक गर्ने कार्यक्रम रहेको कवि रानाहँमाले बताएकी छिन् । फिनिक्स बुक्सले प्रकाशन गरेको संग्रहको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment