
६ माघ, काठमाडौं । काठमाडौं–१४, बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बल्खु आश्रम मार्गकी ५८ वर्षीया रिता खड्गी छन् ।
ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार खड्गी गम्भिर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएकोमा मृत्यु भएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए ।
उनका अनुसार स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साल प्रहरी नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4