+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

केयूका प्राध्यापकको आशंका– उपकुलपति सिफारिसमा अनैतिक साँठगाँठ

सिफारिसको मापदण्डबारे सार्वजनिक रुपमा प्रष्ट पार्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते ८:०९

७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापकहरुले उपकुलपति सिफारिस अपारदर्शी भएको भन्दै आपत्ती जनाएका छन् । उनीहरुले सिफारिसको मापदण्डबारे सार्वजनिक रुपमा प्रष्ट पार्न मागसमेत गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्ने इच्छा देखाउँदै ४० जनाभन्दा बढीले निवेदन दिएका थिए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको सिफारिस समितिले सम्भावित उपकुलपतिको रूपमा तीन जनाको नाम सिफारिस गरेको छ । उपकुलपतिको रुपमा दुई वर्षे कार्यकाल पूरा गरिसकेका रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रार भोला थापा र बालचन्द्र लुइँटेल सिफारिसमा परेका हुन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा.डा. विवेक बराल र महासचिव डा. विकास अधिकारीले संयुक्त विज्ञप्ति निकालेर उनीहरुलाई कुन मापदण्डअनुसार सिफारिस गरियो भन्ने कुरा सार्वजनिक रुपमै प्रष्ट पारिदिन सिफारिस समितिसँग माग गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘सार्वजनिक रुपमा आवेदन माग भएपछि ४० भन्दा बढी उम्मेदवारहरुले आवेदन दिएको र तीमध्ये सिफारिस गरिएका नामहरु के कति कारणले कुन मापदण्डअनुसार सिफारिस गरिए भन्ने सार्वजनिक चासोको विषय भएकाले सार्वजनिक रुपमै प्रष्ट पारिदिन सिफारिस समिति समक्ष जोडदार माग गर्दछौं ।’

प्राध्यापकहरुले दुई वर्षे कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुनः नियुक्तिका लागि सिफारिस गरिएकोमा विरोध जनाउँदै सिफारिस समितिसँग साँठगाँठको आशंकासमेत गरेका छन् ।

पटक–पटक आर्थिक, नीतिगत लगायत अन्य अनियमितता र विवादहरुमा परेका र दुई वा दुईभन्दा बढी कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुनः सिफारिस गरिनुमा संलग्न व्यक्तिहरुबीच अनैतिक साँठगाँठ रहेको भन्ने आशंका पैदा हुन्छ । यसो गरिनु सुशासन, लोकतान्त्रिक विधि, पद्धति र मूल्यमान्यता विपरीत पनि रहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?