+
+
Shares

काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १४:१५
प्रतीकात्मक तस्वीर

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ ।

पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।’

प्रहरीले झाडीमा नवजात शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अविवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?