Comments Add Comment

नेपालमा मल कारखाना स्थापना गर्न लागत प्रस्ताव तयार गरिने

७ माघ, काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले गठन गरेको प्रारम्भिक अध्ययन समितिको पहिलो बैठक बुधबार बसेको छ । अध्ययन समितिका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले रासायनिक मल कारखाना स्थापनाको तयारी, प्रविधि र सम्भावित लागतबारे छलफल गरेको अर्थमन्त्रालयले जनाएको छ ।

समितिका सदस्याहरु उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु पनि सहभागी बैठकमा प्रारम्भीक तयारी सम्बन्धमा छलफल भएको थियो । विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइबि्रड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएपनि निचोड भने निस्किएन ।

समितिको अर्को बैठकले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने अर्थमन्त्री एवं समितिका संयोजक बिष्णु प्रसाद पौडेलले बताए ।

गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । तर नेकपा विवादकै सिलसिलामा पुस ५ गते प्रतिनिधिसभा भंग भएपछि उत्पन्न राजनीतक परिवर्तनका कारण तत्कालिन कृषि मन्त्री घनश्याम भूसालले मन्त्री पद त्यागेपछि समिति बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment