Comments Add Comment

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् ।

८५ औं मिनेटमा पुलिसकी रेखा पाैडेलले गाेल गर्ने अवसर गुमाउँदा पुलिसले अग्रता लिने अवसर चुकाएकाे थियाे ।

महिला राष्ट्रिय लिगसँगै १० महिनापछि नेपाली घरेलु फुटबल सुरु भएकाे हाे  । डबल राउण्ड राेविनकाे महिला लिग बुधबारदेखि दशरथ रंगशालामा सुरु भएकाे हाे ।

लिगकाे उद्घाटन र समापनबाहेककाे बाँकी खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

रंगशालामा गत वर्ष फागुनमा ए डिभिजन लिगकाे मछिन्द्र र आर्मीबीचकाे खेलपछि पहिलाे खेल भएकाे हाे । दर्शकलाई निःशुल्क मैदान प्रवेश गर्न दिइएकाे थियाे । हजार भन्दा बढी दर्शक खेल हेर्न उपस्थित थिए ।

यस्तै काेभिडका कारण गत चैतदेखि स्थगित भएकाे नेपाली फुटबल १० महिनापछि फेरि सुरु भएकाे हाे । चैतमा पाेखरामा आहा रारा गाेल्डकप भएपछि पहिलाे पटक ठूलाे प्रतियाेगिता सुरु भएकाे हाे । महिला राष्ट्रिय लिगा ७ टिमले खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment