८ माघ, काठमाडौं । नेपाल पुलिस क्लबका पवन सर्राफले १३ बलमै अर्धशतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार लुम्बिनी प्रदेशविरुद्धको खेलमा पवनले १३ बलै ५० रन बनाए । उनले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
पवनले खलेको अन्तिम ओभरमा ४ छक्कासहित २८ रन बनाएका थिए । प्रधानमन्त्री कप इतिहासमा पवनले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् ।
सुनिल धमलाको शतक, दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि पवनको आक्रमक अर्धशतक मद्दतमा पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको हो ।
पुलिसका लागि धमलाले १४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ८५ रन बनाए । अमित श्रेष्ठले २८ रन जोडे । कुशल भुर्तेल ६ रन बनाएर आउट भए ।
पवन ५० रनमा अविजित रहे । यस्तै आरिफ शेख २९ रनमा अविजित रहे । आरिफले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।
प्रतिक्रिया 4