Comments Add Comment

इराकको बगदादमा दुई आत्मघाती विष्फोट, कम्तीमा २८ को मृत्यु

Photo Credit : Reuters

८ माघ, काठमाडौं । इरानको राजधानी सहर बगदादमा बिहीबार भएको दुई आत्मघाती विष्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी थप ७३ जना घाइते भएका छन् । इराकी सेनाले दिएको जानकारीअनुसार बिहीबार बगदादको व्यस्त व्यवसायिक क्षेत्रमा उक्त विष्फोट गराइएको हो ।

इराकी सेनाका अनुसार बगदादको टायारन स्क्वायर नजिकै बब अल सर्जी क्षेत्रमा दुई विष्फोट गराइएको हो । उक्त घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने मेडिकल अधिकारीहरुले बताएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी घाइते भएकाहरुका  लागि उचित उपचारको व्यवस्था गरिएको छ । प्रहरीका अनुसार बगदादको ठूलो ‘सेकेण्ड ह्याण्ड’ बजारमा उक्त विष्फोट गराइएको हो ।

बगदादमा यस किसिमको ठूलो आक्रमण कमै मात्र हुने गरेको थियो । इराकमा पछिल्लो समय विद्रोही संगठनसँगको समझदारीसँगै हिंसात्मक घटना कम हुँदै गएका छन् । अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि इस्लामिक चरमपन्थी संगठन आईएसले इराकमा यस किसिमको आक्रमण गर्दै आएको छ । इराकले सन् २०१७ मा मुलुकमा आईएस पराजित भएको घोषणा गरेको थियो । तर, मुलुकमा लुकेर रहेका यो संगठनका लडाकुहरुले भने बेलाबेलामा आक्रमण गराउँदै आएका छन् ।

विश्लेषकहरुले भने इराकमा अझै पनि आईएस सक्रिय रहेको र इराकको सुरक्षा कमजोरीको कारण यो अवस्था आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment