Comments Add Comment

हिरो मोटोकर्पले पार गर्‍यो १० करोड उत्पादनको कोशेढुंगा

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटाकर्पले आज आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ ।

यसै अवसरमा १०० मिलियन बाइक, एक्सटि्रम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखंडको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो ।

हिरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्न सबैभन्दा अग्रणी रहँदै आएको कम्पनी बताउँछ ।

‘यो उल्लेखनीय उपलब्धी परिस्कृत इन्जिनियरिङ, कार्य सञ्चालनगत उत्कृष्टता र दिगो अभ्यासहरूको सफलता हो । यो विश्वास र विश्वासमा निर्मित समग्र पारिस्थितिकीय प्रणाली (ईकोसिस्टम)को सफलता पनि हो, जुन यस कम्पनीको साथ बढ्दै आएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो ग्राहकहरूको उत्सव हो जसले हीरोमा आफ्नो अगाध प्रेम र विश्वास देखाइ रहेका छन्,’ कम्पनीले भनेको छ ।

यो महत्वपूर्ण कोशेढुंगा भारत र हीरोको ब्रान्ड अपिलमा अन्तर्निहित क्षमताहरूको पनि पुष्टि भएको कम्पाीको भनाइ छ ।

‘हामी विश्वका लागि भारतमा बनाइरहेका छौं, र यो कोशेढुंगा ग्राहकहरूद्वारा हीरोलाईर् प्रदान गरिएका भौगोलिक, जनसांख्यिक र पुस्तागत प्राथमकिताको सम्मान हो । हामी हाम्रो वृद्धि (ग्रोथ) यात्रालाई जारी राख्ने छौं । ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ भन्ने हाम्रो दृष्टिकोणलाई मध्यजनगर गर्दै हामी आगामी पाँच वर्षमा हाम्रो उपस्थितिलाई विश्वव्यापी विस्तार गर्नुका साथै नयाँ मोटरसाइकल र स्कूटरहरूको एउटा समूह सुरुवात गर्दैछौं । यसका साथै हामी अनुसन्धान र विकास (आरएन्डी)मा लगानी जारी राख्नेछौं र गतिशीतला (मोबिलिटी)का नयाँ उपायहरूमा केन्द्रित हुनेछौं,” हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुञ्जेलले भनेका छन् ।

हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टु व्हीलर निर्माताको उपाधि कायम गरेको यो लगातार २० औं वर्ष पनि हो । हिरो मोटोकर्पको यो कोशेढुंगाको उपलब्धी, कुल सञ्चित १० करोड (१०० मिलियन)को उत्पादनको लक्ष्य हासिल भएको तीव्र विश्वव्यापी उपलब्धीमध्ये एक हो, जसमध्ये ५ करोड (५० मिलियन) इकाई केबल सात वर्षको अवधिमा उत्पादन भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार दिगो वृद्धिमा केन्द्रित रहेको हीरो मोटोकर्पले विश्वभरिका समुदायका लागि मूल्य निर्माणका साथै आफ्नोे बिक्री, अनुसन्धान र विकास (आरएन्डडी) र निर्माणको पारिस्थितिक प्रणली (ईकोसिस्टम)सँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ । यसले आफ्नो कार्यसञ्चालन हुने समाजको निरन्तर प्रगतिको दिशामा पनि निरन्तर काम गर्दै आएको छ ।

यसै अवसर पारेर डा. पवन मुन्जालले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (नेसनल क्यापिटल रिज-एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा छ वटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको अनावरण गरे । छ वटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सटि्रम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरी महिनादेखि बिक्री हुनेछ ।

ग्राहक, डिलर, वितरक, लगानीकर्ता, आपूर्तिकर्ता (सप्लायर), कर्मचारी, ग्राहक र मिडियालगायत विश्व समुदायलाई सम्बोधन गर्दै डा. मुंजालले आगामी पाँच वर्षको लागि हीरो मोटोकर्पको योजना र दृष्टिकोणका रूपरेखा प्रस्तुत गरे ।

यस समयावधिमा कम्पनीले आफ्नो नेतृत्वदायी स्थितिमा अझ सुदृढीकरण गर्ने, विश्वव्यापी उपस्थिति विस्तार गर्ने, रोमान्चक र सान्दर्भिक उत्पादनहरूको बजारमा ल्याउने गर्ने र नयाँ नवसिर्जनशील (इनोभेटिभ) उत्पादनका अवधारणाहरूमा पनि काम गर्ने लक्ष्य राखेको उनले बतए ।

आगामी पञ्चवर्षीय योजनाको हिस्साका रूपमा, हीरो मोटोकर्पले हरेक वर्ष १० भन्दा बढी उत्पादनहरू भेरियन्ट्स  (नयाँ वर्ग)  रिफ्रेस र अपग्रेड (स्तरोन्नति) सहित ल्याउने छ ।

हीरो मोटोकर्पसँग भारत बाहिरका बजारहरूका लागि सबल तीव्र वृद्धि लक्ष्य पनि छ । यसले यी बजारहरूमा यसको कार्यसञ्चालनमा वृद्धि गर्नेछ र नयाँ भौगोलिक क्षेत्रका प्रमुख बजारहरू प्रवेश गर्नेछ ।

हीरो मोटोकर्पले आफ्ना हरित सुविधा र फ्युल इफिसेन्ट उत्पादनहरूका माध्यमबाट आफ्नो कार्बन फुटपि्रन्ट निरन्तर कम गर्दै लानेछ । कम्पनीले आन्तरिक कार्यक्रमहरू र बृहत्त बाह्य ईकोसिस्टमलाई सहयोग दुवै माध्यमबाट नयाँ मोबिलिटी उपायहरूको प्रसारका दिशामा पनि कार्य जारी राख्ने बताइएको छ ।

१०० मिलियन (१० करोड)को यात्रा
सन् १९९५- पहिलो १० लाख
सन् २००१- पचास लाख
सन् २००४- १ करोड
सन् २००८- २ करोड ५० लाख
सन् २०१३- ५ करोड
सन् २०१७- ७ करोड ५० लाख
सन् २०२१- १० करोड

भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हीरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले बेचेका एकाईका आधारमा विश्वको मोटरसाइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ ।

कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (१०० मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कूटर बिक्री गरेको छ । हीरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ ।

हीरो मोटोकर्पसँग आठ अत्याधुनिक उत्पादन सुविधाहरू छन्, जसमध्ये भारतमा छ वटा र कोलम्बिया र बंगलादेशमा एक-एक वटा छन् । हीरो मोटोकर्पसँग दुई विश्वस्तरीय, अत्याधुनिक आरएन्डी सुविधा छन्उ । उत्तरी भारतको राजस्थानमा सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीस्थित हीरो टेक सेन्टर जर्मनी जीएमबीएच ।

हीरो मोटोकर्प फुटबल, फिल्ड हक्की, क्रिकेट, गल्फ र मोटर्सस्पोट्र्स सहित विभिन्न विषयका खेलकूदहरूको सबैभन्दा ठूलो कर्पोरेट प्रवर्धनकर्ता हो । पन्ध्र पटकका मुख्य उपाधि विजेता टाइगर वुड्स हीरोको ग्लोबल कर्पोरेट पार्टनर हुन् ।

निम्न लिंकहरू क्लिक गरेर कार्यक्रमहरू हेर्न सकिने छ ।

http://100million.heromotocorp.com/

https://www.youtube.com/user/TheHeromotocorp

https://www.facebook.com/HeroMotoCorpIndia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment