+
+
Shares

गोरखामा चितुवा मृत भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १७:५१

८ माघ, गोरखा । पालुङटार नगरपालिका–४ माल्तीगैरामा बिहीबार मृत अवस्थामा चितुवा फेला परेको छ । करिव डेढ बर्षको पोथी चितुवा खोल्सामा मृत भेटिएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए ।

‘गोठाला गएका स्थानीयहरुले चुलेत्रो भन्ने खोल्सीमा चितुवालाई मरेको अवस्थामा देख्नुभएछ,’ उनले भने, ‘हामीलाइ खबर भएपछि हामी पुग्यौं, प्रहरी र स्थानीयको रोहवरमा मुचुल्का गरेर कार्यालयमा ल्यायौं ।’

जनप्रतिनिधि, स्थानीय र प्रहरीको रोहवरमा मृत चितुवालाई कार्यालयको कम्पाउण्डमा गाडिएको उनले बताए । भालेपोथी झगडाको क्रममा मरेको हुन सक्ने अनुमान कार्यालयको छ ।

‘शरीरभरि लुतो आएको रहेछ, घाँटीमा चोट पनि देखियो, भालेपोथी एक आपसमा झगडा गर्दा मुत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अच्छामीले भने । चितुवा साढे चार फिट लम्बाइ र डेढ फिट उचाइको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?