+
+

दुवाथलन सिरिजको दोस्रो संस्करण कीर्तिपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते २०:०६

८ माघ, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौंको प्राचिन ऐतिहासिक सहर कीर्तिपुरको जखामा हुने भएको छ ।

स्थानीय स्तरमा स्थानीय संस्थाहरुसँग समन्वय गर्दै नव प्रतिभा पहिचानसहित खेलाडी उत्पादनका साथै खेल समुदायको विकास गर्ने लक्षका साथ सञ्चालन गरिएको सिरिजको पहिलो संस्करण काठमाडौंको उत्तरभेग टोखामा सम्पन्न भइसकेको छ ।

प्रत्येक दुई हप्तमा हुने सिरिजको तेस्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समुदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पुर्या‍उने रहेको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

कोभिड १९ बाट बिश्वनै अक्रान्त भइरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोध क्षमता अभिवृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले बताए ।

नेपाल ट्रायथलन संघ र जम्प नेशनबीच एक वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिने गरी सहकार्यको सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?