Comments Add Comment

अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन हटाउने गुगलको चेतावनी

९ माघ, काठमाडौं । गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिनको सेवा हटाउने चेतावनी दिएको छ । अस्ट्रेलियाले आफ्ना समाचार प्रकाशकहरुलाई आम्दानीको केही हिस्सा दिनुपर्ने अडान राखेसँगै गुगलले यस्तो चेतावनी दिएको हो । अस्ट्रेलियाले गुगल, फेसबुक र अन्य केही प्रविधि कम्पनीहरुलाई आफ्ना मिडियालाई समाचार कन्टेन्टको पैसा बुझाउनुपर्ने नियम ल्याउने तयारीमा छ ।

गुगलले भने अस्ट्रेलियाले ल्याउन लागेको नियम निकै कडा रहेको र यसले स्थानीय प्रयोगकर्ताले आफ्नो सेवाको पहुँच गुमाउन सक्ने बताएको छ । अहिले अस्ट्रेलियामा यस किसिमको प्रस्तावको विषयमा चर्चा भइरहेको छ । अस्ट्रेलियाका केही सांसद्हरुले यो योजनाले काम गर्न नसक्ने बताउँदै आएका छन् । प्रधानमन्त्री स्कट मौरिसनले भने यो प्रस्ताव संसदबाट अघि बढिरहेको बताएका छन् । उनले अहिलेसम्म कुनै किसिमको चेतावनी पनि नआएको बताए ।

अस्ट्रेलियाले पछिल्लो समय डिजिटल प्लेटफर्मको कारण आफ्नो मुलुकका मिडियाहरु समस्यामा परेको भन्दै मिडियालाई सहयोग पुग्ने गरी डिजिटल प्लेटफर्मका सेवा प्रदायकबाट पैसा उठाउने योजना ल्याएको हो । अस्ट्रेलियाका प्रिन्ट मिडियाहरुमा सन् २००५ यता अहिलेसम्म विज्ञापनबाट हुने आम्दानीमा ७५ प्रतिशत गिरावट आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment