Comments Add Comment

अफगानिस्तानबाट सैनिक फिर्ताको निर्णय नउल्ट्याउन बाइडनलाई पाकिस्तानको आग्रह

९ माघ, काठमाडौं । पाकिस्तानले अमेरिकालाई अफगानिस्तानको शान्ति प्रक्रियाबाट बाहिर ननिस्किन आग्रह गरेको छ । अमेरिकामा जो बाइडनले पदभार ग्रहण गरेसँगै पाकिस्तानका विदेशमन्त्री साह मेहमूद कुरेसीले बाइडन प्रशासनसँग पाकिस्तानको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएका छन् । कुरेसीले बाइडन प्रशासनले यसअघि ट्रम्प प्रशासनले सुरु गरेको अफगानिस्तान शान्ति प्रक्रियालाई निरन्तरता दिन आग्रह गरेका छन् । अमेरिकाले आगामी अप्रिलसम्म अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने निर्णय गरेको छ ।

ट्रम्प प्रशासनले तालिबानसँग गरेको सम्झौताअनुसार अहिले अमेरिकाले अफगानिस्तानबाट फिर्ता गरिरहेको छ । बाइडन प्रशासनले ट्रम्पको निर्णय उल्ट्याउन सक्ने आशंका भइरहेको समयमा पाकिस्तानले यस्तो आग्रह गरेको हो । कुरेसीले लामो समयपछि अहिले अफगानिस्तानको मामिलामा अहिले आफूहरु सही दिशामा अघि बढिरहेको बताएका हुन् ।

अफगानिस्तान २० वर्षयता जारी तालिबानसँगको युद्ध अन्त्य गर्न अहिले अफगानिस्तान सरकार र तालिबानको वार्ता चलिरहेको छ । तर, अमेरिकाको नेतृत्व परिवर्तनको कारण वार्ता राम्रोसँग अघि बढ्न सकेको छैन । अमेरिकाले अफगानिस्तानको युद्धबारे लिने निर्णयले उनीहरुको वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment