Comments Add Comment

ठगी आरोपमा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ

काठमाडौं । पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड  स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार पक्राउ गरेको हो ।

ठगी मुद्दामा अदालतबाट जारी भएको वारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए । अन्य चार सञ्चालक फरार छन् ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर, जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरी छ ।

बैना रकम फिर्ता गर्न वा जग्गा बिक्रि गर्न लामो समय देवकोटाले ताकेता गरे पनि उनीहरुले शक्तिको आडमा अनेक कानुनी दाउपेच गरी छल्दै आएका थिए । पक्राउ परेका खड्का न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निराला खड्काका छोरा हुन् ।

बैना फिर्ता नगरेको र तोकिएको मितिभित्र जग्गा पास नगरेको भन्दै देवकोटाले एक बर्ष अगाडी नै जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ गरेको थिएन ।  उनीहरुले फरार रहेकै अबस्थामा गत कार्तिक २७ गते जग्गा अर्कैलाई बेचेका थिए ।

प्रहरीका अनुसार स्कुलको जग्गा विक्री गर्दा काठमाडौं महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति समेत नलिएको पाइएको छ । यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment