Comments Add Comment

प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल

१० माघ, काठमाडौं । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्व नेकपा ओली समूहमा लागेको छ । पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनालाई ओलीले हेर्ने रे भन्दै भाषण गरेको भोलिपल्ट शनिबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

भेटमा सहभागी नेकपा केन्द्रीय सदस्य लीला थापाका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भइसकेको जानकारी दिएका छन् । सहिद परिवारलाई एक घर एक राजेगारी, वेपत्ताहरुको अवस्था सार्वजनिक, संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंग्याउनुपर्ने लगायतका मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

उनले अघि भने, ‘हामी पार्टी एकताकै पक्षमा थियौं, त्यसका लागि दबाव पनि दिएका हौं । तर त्यो अवस्था नरहेपछि हामीले प्रधानमन्त्री ओलीलाई साथ दिएका हौं ।’

बहिगर्मित बाल सेनाका संयोजक लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् । उनले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment