Comments Add Comment

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

११ माघ, काठमाडौं । डा. गोविन्द केसीले एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् ।

डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ ।

आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

त्यसप्रति आपत्ती जनाउँदै डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर-नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’

साथै डा. केसीले विगतमा आफू र सरकारबीच भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment