+

पीएम कप : सुदूरपश्चिमलाई प्रदेश २ को १९६ रनको लक्ष्य

२०७७ माघ  ११ गते १२:४१ २०७७ माघ ११ गते १२:४१
पीएम कप : सुदूरपश्चिमलाई प्रदेश २ को १९६ रनको लक्ष्य

११ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत समूह बी को खेलमा प्रदेश २ ले सुदूरपश्चिमलाई १९६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो ।

प्रदेश २ को लागि ओपनर हरिशंकर साहले अर्धशतक बनाए । उनले सर्वाधिक ६० रन बनाए । त्यसका लागि ७३ बल खेल्दै ९ चौका प्रहार गरे ।

यस्तै विवेक यादवले ५२ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४१ रन बनाए । मेहबुब आलमले २३ रन जोडे । कुमार थापा ११ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३-३ तथा अरुण ऐरीले २ विकेट लिए ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय