Comments Add Comment

माघ १७ बाट ‘किताब जात्रा’

काठमाडौं । किताब यात्रा फाउण्डेसनद्वारा आयोजना गरिने ‘नविल किताब जात्रा, २०७७’ माघ १७ देखि २३ गतेसम्म हुने भएको छ । कला, साहित्य र सामाजिक जनजीवनमाथि केन्द्रीत रहेर अन्तरक्रिया गरिने उक्त उत्सव यसपटक टेलिभिजन प्रसारणबाट मात्र देखाइने बताइएको छ ।

आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनको आयेजना गर्दै किताब यात्रा फाउण्डेसनले विभिन्न सातवटा विषयमा सातवटा अन्तरक्रिया कार्यक्रम गरिने बताएको हो । सम्मेलनमा बोल्दै फाउण्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले कोभिड संक्रमण जोखिम अझै रहेकाले भौतिक दुरी कायम गर्दै अन्तरक्रिया गर्ने घोषणा गरे ।

‘पठन संस्कृतिको विकासका लागि गरिने किताब जात्रा यसपटक टेलिभिजनमार्फत गर्नेछौं’ अध्यक्ष अधिकारीले भने, ‘सातवटा अन्तरक्रिया सेसन र एक विशेष काव्य प्रस्तुतिसहित कार्यक्रम हुनेछ ।

नविल बैंक प्रमुख टाइटल स्पोन्सर रहेको कार्यक्रम माघ १७ देखि एकसाता हरेकदिन साँझ ६ देखि ७ बजेसम्म एपी वान टेलिभिजनमार्फत देखाइने तय भएको छ । वक्ता तथा मोडेरेटरहरूले टेलिभिजनकै स्टुडियोबाट बहस गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अध्ययन भन्नेबित्तिकै किताबमात्र नभएर मानिसको जीवनको, दुखसुखको ज्ञान पनि पठककै अर्को रुप भएको बताए । शाहले भने, ‘भोलिको पुस्तालाई पूर्ण नेपाली बनाउनु छ भने पठन संस्कृति नै प्रमुख हतियार बनाउनुपर्नेछ । यसका लागि हामीले किताब जात्रासँग सहकार्य गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment